१९ औं एसियाली खेलकुद: प्रशिक्षणमा ब्यस्त महिला फुटबल टोली (सूचीसहित)

काठमाडाैं | साउन १२, २०८०

१९ औं एसियाली खेलकुद: प्रशिक्षणमा ब्यस्त महिला फुटबल टोली (सूचीसहित)

काठमाडौं:   चीनको हान्झोउमा सेप्टेम्बर अन्त्यबाट सुरु हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टोली प्रशिक्षणमा छ । 

यतिबेला २२ सदस्यीय महिला टोलीले प्रशिक्षण गरिरहेको छ । टोलीलाई बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् ।

 

उनीसँगै राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्यले पनि सहजीकरण गरिरहेका छन् ।

 

यी हुन् प्रशिक्षणमा रहेका खेलाडीहरु:-

 

फरवार्ड (६ जना)- सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल
 

मिडफिल्डर (६ जना )-  रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही
 

डिफेन्डर (७ जना)- अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे

 

गोलरक्षक (३ जना)-  अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ


एसियाली खेलकुदको महिला फुटबल प्रतिस्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् । समूह विभाजन यसप्रकार छ:-

 

समूह ए – चीन, उज्बेकिस्तान, मंगोलिया
समूह बी – चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत
समूह सी – उत्तर कोरिया, सिंगापुर, कम्बोडिया
समूह डी – जापान, भिएतनाम, नेपाल, बंगलादेश
समूह ई – दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार

 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्